Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले सरकारले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङमाथि लाञ्छना लगाउने काम गरेको भन्दै आपत्ति जनाएको छ ।

शुक्रबारबाट काठमाडौँको पेरिसडाँडामा शुरु भएको पार्टी स्थायी कमिटी बैठकले प्रबन्ध निर्देशक घिसिङले सुशासनको पक्षमा गरेको काममा अवरोध हुनेगरी विभिन्न गतिविधि सरकार आफैले अघि बढाएको उल्लेख गर्दै आपत्ति जनाएको हो ।

भ्रष्टाचार विरोधी अभियानमा अवरोध आउने खालका कुनैपनि गतिविधि नगर्न पनि सरकारलाई बैठकले सचेत गराएको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । बैठकले हवाई र बस दुर्घटनामा परेकाहरूलाई उचित राहतको आवश्यक व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराएको छ । दुवै दुर्घटनामा परी ठुलो धनजनको क्षति भएकाले राहतसहित उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारलाई भनिएको प्रवक्ता सापकोटाले बताए ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे ब्रिफिङ गर्दै जनताको कुरा सुनेर काम गर्न पनि सरकारलाई सुझाव दिएका थिए । उनले संक्रमणकालिन न्याय सम्बन्धी विधेयकमा दलहरूबिच सहमति भएर अघि बढ्ने कुरा सुखद भएको पनि बताउन भएको प्रवक्ता सापकोटाले बताए । माओवादी केन्द्रको स्थायी कमिटी बैठक शनिबार पनि बोलाइएको छ ।

तपाईको प्रतिक्रिया