Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान सुर्खेतका लागि उडान गर्न लागेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्काइएको छ। विमान उडानको तयारीमा रहँदा अचानक पार्किङ क्षेत्रमा फिर्ता ल्याइएको थियो। आज बिहान ७ः३० बजे सुर्खेत उडानको तालिका रहेको उक्त विमान धावनमार्गमा पुगिसकेको बेला फर्काइएको थियो भन्ने जानकारी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विनिता कठायतले दिएकी छिन्।

“विमान टेकअफ गर्न लागेको समयमा अचानक फर्काइयो। यात्रुहरूले यसबारे सोध्दा प्राविधिक समस्याका कारण विमान फर्काइएको भनिएको थियो,” सांसद कठायतले भनिन्। उनले यसलाई एयरलाइन्सको लापरवाही भएको आरोप लगाइन्।

श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरका अनुसार, विमान प्राविधिक समस्याका कारण नभई केही यात्रुबीच विवाद उत्पन्न भएपछि फर्काइएको हो। “पाइलटले यात्रुबीचको विवादका कारण विमान फर्काउने निर्णय गरेका हुन्,” मानन्धरले भने। उनले नागरिक उड्डयनको मापदण्डअनुसार, यात्रुबीच विवाद भएमा उचित प्रक्रिया पुर्‍याएर मात्र यात्रा अघि बढाउनुपर्ने बताएका छन्।

यस घटनापछि, विमानलाई पुनः उडानका लागि तयारी गराइएको छ र यात्रुहरू पुनः बोर्डिङ गरी गन्तव्यतर्फ उड्ने क्रममा रहेको जानकारी पनि मानन्धरले दिए।

 

 

तपाईको प्रतिक्रिया