Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

टोकियो – आगामी सेप्टेम्बरको १७ तारिख नेपाली ब्यवसायी संघ (NBA) जापानको दोस्रो अधिवेशन हुने भएको छ ।

अधिवेशनले संघको नयाँ नेतृत्व सहितको नयाँ टिम निर्माण गर्ने छ भने आगामी दुई बर्षका लागि जापानका नेपाली ब्यवसायीहरुलाई आकर्षित गर्दै संघमा गोलबन्द बनाउने खालका नयाँ नीति तथा कार्ययोजना तय गर्ने बताईएको छ । अधिवेशन शिन्ज्युकुस्थित प्रिन्स होटलमा हुने बताईएको छ ।

सन् २०१८ को सेप्टेम्बरमा स्थापना भएको ब्यवसायी संघको कोभिड-१९ लगायतका विविध कारणले गर्दा समयमा अधिवेशन हुन नसकेकोले ढिलो गरी अधिवेशन हुन लागेको हो ।

जापानभरिका नेपाली ब्यवसायीहरुको हक, हित र ब्यवसायिक उत्थानका लागि गठित संघले लक्षित कार्यदिशा तथा मार्गचित्र अनुसार अपेक्षित लय समात्न नसकेको भएता पनि एउटा बलियो आधारस्तम्भ भने निर्माण भएको संघका पदाधिकारीहरुले बताउने गरेका छन।

‘हामीले ढिलै भएपनि अधिवेशन मार्फत संघलाई पुनर्ताजगी गर्न गईरहेका छौं, ब्यवसायिक क्षेत्रका नेपालीहरुको अधिवेशनमा उत्साहजनक सहभागिता रहने अपेक्षा गरिएको छ’ – अध्यक्ष बिजय थकालीले भने ।अधिवेशन सम्पन्न गर्न अध्यक्ष थकालीको संयोजकत्वमा अधिवेशन मुल समारोह आयोजक समिति बनेको छ भने जसअन्तर्गत विभिन्न उपसमितिहरु मार्फत कार्यबिभाजन समेत गरिएको छ । जसअनुसार एनआरएन जापानका पूर्व अध्यक्ष समेत रहेका ब्यवसायी ओम गुरुङको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन उपसमिति गठन गरिएको छ, जसमा एनआरएनका पूर्व अध्यक्ष शिवप्रसाद पौडेल र वर्तमान अध्यक्ष नविन निउरे रहेका छन् ।

यसैगरी संघको आगामी कार्यदिशा र मार्गचित्र सम्बन्धि अवधारण पत्र तैयार गर्न पत्रकार तिलक मल्लको संयोजकत्वमा ब्यवसायीद्वय शालिकराम भण्डारी र बिकास श्रेष्ठ रहेको एउटा उपसमिति बनाईएको संघका वरिष्ठ उपाध्यक्ष ददिवल खड्काले जानकारी दिए ।

यसैगरी बिधानमा भएका प्रावधानहरुलाई आवश्यक संशोधन गर्न संघका सचिव बाबुराम पौड्यालको संयोजकत्वमा ब्यवसायीद्वय शिवहरि पौडेल र जीवन गुरुङ सदस्य रहेको कार्यदल बनाईएको संघका कोषाध्यक्ष नरबहादुर थापाले बताए ।

अधिवेशनको तैयारीका लागि संघको पदाधिकारी टिम नियमित बैठक बस्दै आईरहेको र तैयारीलाई तिब्र पारिएको सचिव पौडेलले बताए ।

जापानभरिका नेपाली ब्यवसायीहरुलाई गोलबन्द गर्दै उनीहरुको ब्यवसायिक हितमा केन्द्रीत हुने गरी संघ अगाडि बढ्न आसन्न अधिवेशन कोसेढुंगा साबित हुने अपेक्षा गरिएको संघका अर्का उपाध्यक्ष संजिव पोखरेलले बताए।***

तपाईको प्रतिक्रिया