Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

काठमाडौं – नुवाकोटमा दुर्घटनाग्रस्त हेलिकप्टरको काठमाडौंबाट उडेको ३ मिनेटपछि नै टावरसँग सम्पर्कविच्छेद भएको खुलेको छ । एयर डाइनेस्टीको ९ एन-एजेडी रजिस्ट्रेसन रहेको हेलिकप्टर त्रिभुवन विमानस्थलबाट उडेको तीन मिनेटपछि नै काठमाडौं विमानस्थलमा रहेको टावरसँग सम्पर्क विच्छेद भएको थियो ।

बुधबार दिउँसो १ बजेर ५४ मिनेटमा काठमाडौं विमानस्थलबाट रसुवाको स्याफ्रुबेंसीका लागि ४ जना यात्रु (चिनियाँ नागरिक) लिएर उडेको थियो । नेपाल नागरिक उडड्यन प्राधिकरण, खोज तथा उद्धार समन्वय केन्द्रले बुधबार जारी गरेको विज्ञप्तिअनुसार सो हेलिकप्टर उडान गरेको ३ मिनेट पछि काठमाडौं टावरसँग सम्पर्क विच्छेद भई नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्याचौरमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमध्ये ४ जना यात्रु चिनियाँ नागरिक थिए ।

तपाईको प्रतिक्रिया