Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै आएका हजारौं बङ्गलादेशी प्रदर्शनकारीहरू र सरकार समर्थकबीच हिंसात्मक झडप हुँदा ९० जना बढीको ज्यान गएको छ । लाठी, चक्कु र बन्दुक प्रयोग भएको झडपमा झण्डै दुई सय जना घाइते भएका बीबीसीले जनाएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यसअघि सरकारी जागिरमा आरक्षण प्रणालीविरुद्धको विद्यार्थी प्रदर्शन हिंसात्मक हुँदा दुई सय बढीको ज्यान गएको थियो । यो प्रदर्शन प्रधानमन्त्री हसिनाले आफ्नो १५ वर्षको कार्यकालको सबैभन्दा खराब अशान्ति भएको प्रतिक्रिया दिएकी थिइन् ।

विद्यार्थी प्रदर्शनलाई सेनाले केही समयका लागि मथ्थर बनाए पनि सरकार विरोधी प्रदर्शन फेरि चर्किएको छ । प्रदर्शनकारीलाई नियन्त्रण गर्न प्रहरीले अश्रु ग्यास तथा रबरको गोली हान्नु परेको अवस्था छ । केही पूर्वसैन्य अधिकारीहरू विद्यार्थी आन्दोलनमा सहभागी भएका छन् ।

यसैबीच, बङ्गलादेशका विभिन्न शहरमा आन्दोलन थप चर्किएपछि भारतीय उच्च आयोगले आफ्ना नागरिकका लागि सचेत रहन भन्दै सूचना निकालेको छ । उनीहरुलाई त्यहाँ रहेको उच्चायोगको कार्यालयको सम्पर्कमा निरन्तर रहिरहन आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया