Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

टोकियो – जापानमा १२६ वर्ष पहिले मौसम मापन सुरु भएदेखि यस वर्षको जुलाईमा अधिकतम तापक्रम मापन गरेको मौसम विभागले जनाएको छ । जेएमएले राष्ट्रव्यापी रूपमा तथ्याङ्क उल्लेखनीय रूपमा उच्च भएको उल्लेख गर्दै भनेको छ, ‘सन् १८९८ मा तथ्याङ्क सुरु भएदेखि मापन भएको यो सबैभन्दा उच्च तापक्रम हो ।’

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

जापानभरिका १५३ मौसम अवलोकन समीक्षामध्ये ६२ ले जुलाईमा आफ्नो औसत तापक्रमको रेकर्ड तोडेको हो । प्रशान्त महासागरको उच्च चाप र दक्षिणबाट आएको न्यानो हावा तापक्रम वृद्धि गर्ने मुख्य कारक रहेको जेएमएले बताएको छ । विपद् व्यवस्थापन एजेन्सीका अनुसार अप्रिलदेखि जापानमा अत्यधिक तापक्रमका कारण आउने स्वास्थ्य समस्या (हिटस्ट्रोक) का कारण ५९ जनाको मृत्यु भएको छ ।

अधिकारीहरूले ‘अत्यन्त तातो’ ठानेको ३५ डिग्री तापक्रमको रेकर्डलाई ब्रेक गर्दै गत महिना टोकियोको पश्चिम सिजुओका यस वर्ष ४० डिग्री सेल्सियस तापक्रम पुग्ने पहिलो जापानी क्षेत्र बनेको छ । यसैबीच, युरोपेली सङ्घको जलवायु अनुगमनले इतिहासमै पृथ्वीमा रेकर्ड गरिएको सबैभन्दा तातो दिनहरू जुलाईमा अनुभव भएको बताएको छ ।

तपाईको प्रतिक्रिया