Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – अमेरिकी इलेक्ट्रोनिक्स कम्पनी एप्पल बुधबार विश्वको सबैभन्दा मूल्यवान कम्पनी बन्न सफल भएको छ। नस्दकका अनुसार यसको बजार पुँजीकरण साढे तीन खर्ब डलर भन्दा बढी पुगेको छ। बुधबार साँझसम्म आईफोन निर्माता एप्पलको स्टक १.४ प्रतिशत बढेर प्रति शेयर २३२ डलर पुगेको थियो, जसले यसको बजार पुँजीकरण ३.५४३ खर्ब डलर पुर्यायो।

यसअघि माइक्रोसफ्टको उच्चतम क्लोजिङ मार्केट क्याप ३.४७५ खर्ब डलर रहेको थियो। एप्पलले पहिलो पटक अगस्ट २०१८ मा १ खर्ब डलरको मार्केट क्याप हासिल गरेको थियो। दुई वर्षपछि यो पहिलो २ खर्ब डलरवाला कम्पनी भयो र गत जुनमा पहिलो ३ खर्ब डलर मूल्य भएको कम्पनी पनि भयो।

आईफोनको बिक्रीमा कमी र प्रतिस्पर्धाका कारण एप्पलको शेयर मूल्य यस वर्षको सुरुमा बढ्न सकेको थिएन, जसले माइक्रोसफ्टलाई जनवरीमा अग्रता दिलायो। तर, एआई सुविधाहरू सहित सेवा विस्तार र नयाँ आईफोन १६ को चर्चा पछि एप्पलको बजार मूल्य फेरी बढेको छ। यसको मूल्य अर्को वर्ष ४ खर्ब डलर पुग्ने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया