शनिबार, आषाढ १५, २०८१
Saturday, June 29, 2024

काठमाडौं – निवर्तमान डच प्रधानमन्त्री मार्क रुट्टे नेटोका महासचिव हुने सो संगठनले घोषणा गरेको छ । यसअघि रोमानियाका राष्ट्रपति क्लाउज लोहान्नीजले गएको हप्ता सो पदको दाबी आफूले छोडेको बताएका थिए ।

रुट्टेले सो पदमा आउँदो अक्टोबर १ देखि काम सुरु गर्ने जनाइएको छ । सोही मितिबाट नेटोका प्रमुख जेन्स सोल्जेनवर्गको १० वर्षे कार्यकाल सकिँदै छ । सोल्जेनवर्गले बुधबार भावी नेतृत्वलाई आफ्नो तर्फबाट न्यानो स्वागत भनिसकेका छन् ।

तपाईको प्रतिक्रिया