Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – मेक्सिकोले अमेरिकामा जारी कोपा अमेरिका २०२४ मा विजयी सुरुआत गरेको छ । समूह बी अन्तर्गत टेक्ससस्थित एनआरजी स्टेडियममा आइतबार बिहान भएको खेलमा मेक्सिकोले जमैकालाई १-० ले हरायो ।

मेक्सिकोका लागि जेरार्डो अर्टेटाले ६९औं मिनेटमा निर्णायक गोल गरेका थिए । त्यसअघि ५०औं मिनेटमा जमैकाका मिकेल एन्टोनिओले गोल गरेपनि भिएआरले मान्यता नदिँदा अग्रता लिने अवसर गुमाएको थियो ।

जित हात पारेपनि मेक्सिकोका कप्तान एडसन अल्भारेज भने घाइते हुँदै मैदान बाहिरिएका थिए । ह्याम्सट्रिङ समस्याका कारण उनी ३०औं मिनेटमा मैदान बाहिरिएका थिए । जितपछि मेक्सिकोले समूह बी मा ३ अंक जोडेको छ ।

 

तपाईको प्रतिक्रिया