शुक्रबार, आषाढ १४, २०८१
Friday, June 28, 2024

काठमाडौं – नेपालका तीन क्रिकेटरले क्यानडामा हुने ग्लोबल टी-२० प्रतियोगिता खेल्ने भएका छन् । कप्तान रोहित पौडेल, सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले ग्लोबल टी-२० खेल्ने भएका हुन् ।

रोहितले टोरन्टो नेशनलबाट खेल्ने छन् भने सन्दीप र दिपेन्द्रले भ्यान्कोभर नाइटसबाट खेल्ने भएका हुन् । गत सिजनमा सन्दीप सुर्रे जागुअर्स र दिपेन्द्र मोन्टरियल टाइगर्सबाट खेलेका थिए । यस सिजनको ग्लोबल टी-२० जुलाई २५ देखि अगस्त ११ सम्म क्यानडाको ओन्टारियोमा हुँदैछ ।

यो ग्लोबल टी-२० को चौथो सिजन हो । यसअघि २०१८ मा भ्यान्कोभर नाइट्स, २०१९ मा विनिपेग ह्वाक्स र २०२३ मा मोन्टरियल टाइगर्सले उपाधि जितेका थिए ।

तपाईको प्रतिक्रिया