शुक्रबार, आषाढ १४, २०८१
Friday, June 28, 2024

काठमाडौं – भारतीय राज्य तमिलनाडुको कल्लाकुरिची जिल्लामा विषाक्त रक्सी पिउँदा मृत्यु भएकाको संख्या ४७ पुगेको छ । जसमध्ये २४ जना एउटै गाउँ करुणापुरमका थिए। यही जुन २० तारिख (बिहीबार) सबै मृतकको सँगै दाहसंस्कार गरिएको छ ।

चिकित्सा शिक्षा निर्देशक जे. सङ्गुमणिका अनुसार ३० जनाको अवस्था अझै चिन्ताजनक छ । यसैबीच उक्त मदिरा काण्डमा पक्राउ परेका ३ अभियुक्तलाई १५ दिनका लागि न्यायिक हिरासतमा पठाइएको छ । उनीहरूलाई कुड्डालोर जेलमा राखिएको छ । तीनै अभियुक्तलाई जुलाई ५ सम्म हिरासतमा राखिनेछ

तपाईको प्रतिक्रिया