Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – युरोकपमा आज दुई खेल हुँदै छन्। पहिलो खेलमा टर्कीले जर्जियाको सामना गर्नेछ भने दोस्रो खेलमा पोर्चुगलले चेक रिपब्लिकसँग प्रतिस्पर्धा गर्नेछ। टर्की र जर्जियाको खेल नेपाली समयअनुसार मंगलबार राति पौने १० बजे हुनेछ भने पोर्चुगल र चेक रिपब्लिकको खेल राति पौने १ बजे सुरु हुनेछ। टर्की र जर्जियाबीचका पछिल्ला ५ खेलमध्ये ३ खेल टर्कीले जितेको छ।

क्रिस्टियानो रोनाल्डोको नेतृत्वमा रहेको पोर्चुगल र चेक रिपब्लिकबीच युरोकपमा सन् १९९६ पछि यो चौथो भेट हुनेछ। अघिल्ला दुई भिडन्तमा सन् २००८ मा चेकले ३-१ ले जितेको थियो भने सन् २०१२ मा पोर्चुगलले १-० ले जितेको थियो। दुवैपटक रोनाल्डोले गोल गरेका थिए।

यो खेल खेल्दै क्रिस्टियानो रोनाल्डो युरोकपमा छ पटक खेल्ने पहिलो खेलाडी बन्नेछन्।

तपाईको प्रतिक्रिया