बुधबार, आषाढ १२, २०८१
Wednesday, June 26, 2024

काठमाडौं – फ्रान्सले जारी युरोकपमा विजयी सुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा फ्रान्सले अस्ट्रियालाई १-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

यस खेलमा खेलको ३८औँ मिनेटमा अस्ट्रियाका म्याक्सीमिलियन वोबरले गरेको आत्मघाती गोल नै निर्णायक गोल बनेको थियो । फ्रान्सका किलीयन एम्बाप्पेले हानेको बल म्याक्सिमियनले आफ्नै पोष्टमा हानेपछि गोल भएको थियो ।

यस खेलमा एम्बाप्पे भने घाइते भएका छन् । मैदानमा रगताम्य देखिएका एम्बाप्पेको नाक भाँचिएको फ्रान्सका प्रशिक्षक डिडियर डेसचाम्प्सले जानकारी दिएका छन् । एम्बाप्पेले भाँचिएको नाकको अहिले सर्जरी नगर्ने र अब समूह चरणका बाँकी दुई खेल बारे के गर्ने भन्ने निर्णय छिटै लिने बताइएको छ ।

समूह डी अन्तर्गत फ्रान्सले अर्को खेल जुन २२ मा नेदरल्याण्डसविरुद्ध खेल्ने छ भने अस्ट्रियाले जुन २१ मा पोल्याण्डसँग खेल्ने तालिका रहेको छ ।

तपाईको प्रतिक्रिया