बुधबार, आषाढ १२, २०८१
Wednesday, June 26, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – युवा तथा खेलकुद मन्त्रालयले नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूलाई जनही १३ लाख प्रदान गर्दै कुल २ करोड ९७ लाख १० हजार रुपैयाँ वितरण गरेको छ। टी-२० विश्वकपका लागि छनोट भएका १५ खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई पुरस्कार दिइएको हो।

कार्यक्रममा १९औं एसियाली खेलकुदमा रजत विजेता एरिका गुरूङलाई १९ लाख ५० हजार, उनका प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गरिएको छ। महिला कबड्डी टीम र चौथो एसियाली पारा खेलकुदमा काँस्य विजेता पलेशा गोवर्धनलाई पनि नगदसहित सम्मान गरिएको छ।

तपाईको प्रतिक्रिया