आइतबार, आषाढ ०९, २०८१
Sunday, June 23, 2024

काठमाडौं – युरोकप-२०२४ को समूह ‘बी’ मा रहेका दुई ठूला टिम इटाली र स्पेनले शनिबार शानदार विजयी सुरुवात गरेका छन् । डिफेन्डिङ च्याम्पियन इटालीले प्रतियोगिताकै इतिहासमा सबैभन्दा चाँडै गोल खाए पनि उपाधि रक्षा गर्ने क्रममा पुनरागमन गर्दै अल्बानियालाई २-१ ले पराजित गर्न सफल भएको छ ।

अल्बानियाका नेडिम बज्रामीले २३ औं सेकेण्डमा गोलको खाता खोल्दै इटालीलाई स्तब्ध पारेका थिए । तर खेलको ११ औं मिनेटमा इटलीका लागि अलेसान्ड्रो बास्टोनीले बराबरी गोल फर्काए । त्यसपछि खेल पूर्णतः इटालीको पक्षमा रह्यो र निकोलो बारेलाले विजयी गोल गरे ।

स्पेनको जित भने सहज रह्यो । स्पेनले क्रोएसियालाई ३-० ले हराएको छ । स्पेनका तीनै गोल पहिलो हाफमा भएको थियो । त्यसक्रममा अल्भारो मोराटाले २९ औं मिनेटमा पहिलो गोल गरे । त्यसको चार मिनेटपछि नै फाबिन रुइजले दोस्रो गोल थपे । पहिलो हाफको इञ्जुरी समयको दोस्रो मिनेटमा डानी कारभजालले तेस्रो गोल थपे ।

तपाईको प्रतिक्रिया