मंगलबार, आषाढ ०४, २०८१
Tuesday, June 18, 2024

काठमाडौं – नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ । दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ११४ रन मात्र बनाएपछि एक रनले हारेको हो ।

नेपालका लागि ओपनर असिफ शाहले सर्वाधिक ४२ रन बनाए भने अनिल शाहले जिम्मेवारी पूर्ण ब्याटिङ गर्दै २४ बलमा २७ रन बनाएका थिए । त्यस्तै कुशल भुर्तेलले १३ रन बनाएका थिए भने कप्तान रोहित पौडेल शून्यमा आउट भएका थिए । त्यस्तै दीपेन्द्र सिंह ऐरीले ६ रन बनाएका थिए । दक्षिण अफ्रिकाका बलर तबरेज शाम्शीले ४ तथा कप्तान एडेन मार्क्रम र एनरिक नोकियाले एक एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेट गुमाएर ११५ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि रीजा हेनड्रिक्सले सर्वाधिक ४३ रन बनाएका थिए भने कप्तान एडेन मार्क्रमले १५, ट्रीस्टान स्टबसले अविजित २७, क्वेंटन डिककले १० रन बनाएका थिए ।

नेपाली बलर दीपेन्द्र सिंह ऐरीले शानदार बलिङ गर्दै ३ विकेट लिएका थिए । दीपेन्द्रले ४ ओभरमा २१ रन दिएर ४ विकेट लिएका हुन् । त्यस्तै कुशल भुर्तेलले पनि शानदार बलिङ गर्दै ३ विकेट लिएका थिए । उनले ४ ओभरमा १९ रन दिएर ४ विकेट लिएका थिए । यो हारसँगै नेपालको सुपर आठको सम्भावना सकिएको छ । अब नेपालले अर्को खेल आगामी सोमबार बिहान बंगलादेशविरुद्ध खेल्दै छ । भने दक्षिण अफ्रिकाको समूह चरणको खेल सकिएको छ ।

तपाईको प्रतिक्रिया