Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक २२, २०८१
Thursday, November 7, 2024

काठमाडौं – मन्त्रिपरिषद्‌ बैठकले भारतका प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा सरिक हुनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भ्रमण स्वीकृत गरेको छ । भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि शपथ लिने तयारी भइरहेका बेला मन्त्रिपरिषद्‌ले प्रधानमन्त्रीको भ्रमण स्वीकृत गरेको हो ।

शपथ कार्यक्रमका लागि मोदीले प्रधानमन्त्री प्रचण्डलाई निम्तो दिएका थिए । मन्त्रिपरिषद्को बिहीबारको बैठकले भारतीय प्रधानमन्त्रीको शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री दाहालको नेतृत्वमा टोली जाने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । भारत जाने टोलीको पनि टुंगो लागिसकेको छ ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा कानून मन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्री पुत्री एवं स्वकीय सचिव गंगा दाहाल तथा परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल विष्णु गौतम छन् । भारतीय प्रधानमन्त्री मोदीको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री दाहालसहितको टोली आइतबार भारत जाने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया