Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक २३, २०८१
Friday, November 8, 2024

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गिरीबन्धु प्रकरणमा सार्वजनिक भएका अनियमितता तथा भ्रष्टाचार प्रकरणका फाइल खोल्ने बताएको छ । प्रतिनिधिसभामा पार्टीका तर्फबाट बोल्दै रास्वपाका सहप्रवक्ता तथा सांसद मनीष झाले बालमन्दिरको जग्गा, बाँसबारीको जग्गा र टीकापुर जग्गा प्रकरण लगायतका फाइल पनि खोल्ने बताएका हुन् ।

‘बालमन्दिरको जग्गा, बाँसबारी जग्गा, टीकापुरको जग्गा, भुटानी शरणार्थी, गिरिबन्धु र टेरामक्स यो सबैको फाइल हामी खोल्न चाहन्छौं’ उनले भने । विगतमा यी विषयमा किन फाइल खोलिएन भनेर खोजी गर्दा फाइल नै नबनेको पाइएको उनले दाबी गरे । उनले राजनीतिक परिवर्तन बहुआयामिक हुने भएकाले एउटैको योगदानले परिवर्तन सम्भव नहुने प्रष्ट बताए । पुराना पार्टीले परिवर्तनका लागि गरेका संघर्षको कारण आफूहरूले अहिले राजनीतिक अवसर प्राप्त गरेको भन्दै सांसद झाले त्यसका लागि धन्यवाद दिए ।

यद्यपि, कोर्स परिवर्तन भएसँगै करिकुलम पनि परिवर्तन गर्नुपर्ने उल्लेख गर्दै उनले भने, ‘राजनीतिमा दुईटा कुरा भन्न सकिँदैन । एउटा कपिराईट (प्रतिलिपि अधिकार) र अर्को क्रेडिट (जस) । किनकि कुनै एउटा डाइमेन्सनले चेन्ज हुँदैन राजनीति । कुनै एउटा युद्धले राजनीति चेन्ज भएको पनि छैन । त्यो मल्टिडाइमेन्सनल (बहुआयामिक) हुन्छ । सबैको योगदान रहन्छ ।’

सदन, राजनीति र राज्य व्यवस्थाका विषय आफूहरूले बुझ्न बाँकी रहेको र बुझ्दै गरेको भन्दै सांसद झाले भने, ‘हामी प्रयास गर्दैछौं, हामी अरू केही विकल्प नभएर राजनीतिमा आएको होइनौं । हाम्रो विगत कमजोर पनि थिएन । हामी जेलमा यति दिन बस्यौं र बागबजारमा यति चोटि टायर बाल्यौं भन्ने आधारमै राजनीतिमा उभिरहेका पनि छैनौं । हामीसँग अरू धेरै आधारहरू छन् । केही गर्न आएका हौं, केही गर्ने प्रयास गरिरहेका छौं ।’

तपाईको प्रतिक्रिया