Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक २३, २०८१
Friday, November 8, 2024

काठमाडौं – कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्सदाई) माथि यौन दुर्व्यवहारको आरोप लागेको छ । पूर्वमिस फिनल्याण्डसमेत रहेकी ३५ वर्षीया लोता हिन्स्टाले ‘द न्युयोर्कटाइम्स’सँगको कुराकानीमा यस्तो आरोप लगाएकी हुन् ।

काठमाडौंको एक होटलमा निर्मल पुर्जाले आफूमाथि जबरजस्ती वस्त्रहरू खोलेर यौन सम्पर्क गर्न खोजेको भन्दै दुर्व्यवहारको आरोप लगाएकी छन् । एक वर्षअघि २०२३ को मार्चमा काठमाडौं आएको बेला पुर्जाले आफूमाथि यस्तो दुर्व्यवहार गरेको ती युवतीको आरोप छ ।

तर लोताले गत डिसेम्बरमा प्रकाशन गरेको बायोग्राफी ‘द माउन्टेन्स अफ माइ लाइफ २’मा उनले यस्तो आरोपको पहिलो पटक खुलासा गरेकी थिइन् । पुस्तकमा उनले एक चर्चित आरोहीले दुर्व्यवहार गरेको उल्लेख गरे पनि पुर्जाको नाम भने खुलाएकी थिइनन् । बिहीबार मे ३१ मा प्रकाशित न्युयोर्क टाइम्सको समाचारमा भने पुर्जाको नाम किटान गरेर उनले आरोप लगाएकी छन् ।पुर्जाले भने आफूलाई यौन दुर्व्यवहारको आरोप लगाउने महिलाहरूविरुद्ध कानुनी उपचार खोज्ने चेतावनी दिएका छन् । लोता हिन्स्टालगायतको आरोप आरोप झुटो भएको दाबी गर्दै उनले यसविरुद्ध कानुनी विकल्प खोज्ने बताएका हुन् ।

पुर्जाले आफ्नो इस्टाग्राम ‘निम्सदाइ’को स्टोरीमा पोस्ट गर्दै उनले उक्त पत्रिकालाई यसअघि नै उक्त आरोप साँचो नभएको प्रमाण दिएको जिकिर पनि गरेका छन् । उनले समाचारमा धेरै तथ्य गल्ती रहेको दाबी गरेका छन् । यस विषयमा एकदिन सत्यतथ्य बाहिर आउने आशा व्यक्त गर्दै कानुनी उपचारको तयारी गरिरहेको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया