Deneme Bonusu Veren Siteler
बिहिबार, पौष २५, २०८१
Thursday, January 9, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – आइसीसी टीट्वान्टी पुरुष विश्वकप क्रिकेट प्रतियोगिता आइतवार बिहान ६ बजेदेखि प्रारम्भ भएको छ । आगामी असार १५ गतेसम्म सञ्चालन हुने यो प्रतियोगितामा विश्वका २० देशले भाग लिएका छन् । यो विश्वकपको पहिलो दिन अर्थात आज दुई खेल खेलिँदैछ । आजको पहिलो खेल नेपाली समय अनुसार अहिले बिहान ६ बजेदेखि प्रारम्भ हुँदैछ । पहिलो खेलको औपचारिक थालनीअघि अहिले डालासमा उद्घाटन समारोह आयोजना गरिएको छ । पहिलो खेलमा अहिले आयोजक अमेरिका र क्यानडाबीच खेल हुँदैछ । डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा उद्घाटन खेल खेलिँदैछ ।

आजै हुने दोस्रो खेलमा वेस्ट इण्डिज र पपूवा न्यूगिनी भिड्दै छन् । गुयनास्थित प्रोभिडेन्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार आइतवार राति ८ः१५ बजेदेखि प्रारम्भ हुनेछ । यो विश्वकपमा आयोजक अमेरिका र वेस्ट इण्डिजसहित, भारत, अस्ट्रेलिया, पाकिस्तान, बंगलादेश, नेपाल, श्रीलंका, अफगानिस्तान, न्यूजील्याण्ड, दक्षिण अफ्रिका, इङल्याण्ड, आयरल्याण्ड, नेदरल्याण्डस, नामिबिया, पीएनजी, क्यानडा, स्कटल्याण्ड, ओमान र युगाण्डा सहभागी हुँदैछन् ।

२० टिमलाई हरेकमा ५ देशलाई राखेर ४ समुहमा विभाजन गरिएको छ । समुह चरणको खेलपछि हरेक टिमका शिर्ष २ देश सुपर ८ मा पुग्ने छन् । समुह ए मा अमेरिका, क्यानडा, भारत, पाकिस्तान र आयरल्याण्ड रहेका छन् । त्यस्तै समुह बी मा अस्ट्रेलिया, इङल्याण्ड, नामिबिया, ओमान र स्कटल्याण्ड रहेका छन् । त्यसैगरी समुह सी मा वेस्ट इण्डिज, अफगानिस्तान, न्यूजील्याण्ड, पिएनजी र युगाण्डा रहेका छन् भने समुह डी मा नेपाल, बंगलादेश, नेदरल्याण्डस, दक्षिण अफ्रिका र श्री लंका रहेका छन् ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया