Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक २३, २०८१
Friday, November 8, 2024

काठमाडौं – गत फागुन तेस्रो साता एक्कासि सत्ता समीकरण फेरिँदा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल बेखबरजस्तै थिए । नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको तत्कालीन सत्ता गठबन्धनमा रहेका उनीएक्कासि नयाँ समीकरण बनेपछि ‘जिल्लिएका थिए । गठबन्धन कसरी भत्कियो ? पत्तो पाएनन् ।

आफूसँग कुनै सरसल्लाह नगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ समीकरण बनाएको भन्दै केही समय घुर्कीसमेत लगाए । नयाँ समीकरणमा बस्ने कि कांग्रेस सहितको विपक्षी गठबन्धनमा सामेल हुने ? दोधारबीच उनले कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग समानान्तर संवाद गरेका थिए । विपक्षी गठबन्धन नबन्ने देखेपछि उहाँ ‘लत्रिएरै’ भए पनि नयाँ समीकरणमा सामेल भए ।

नयाँ समीकरणमा सामेल भएको तीन महिना पुग्नै लाग्दासमेत अध्यक्ष नेपालको दोधार हटेको छैन । नेपाल एमाले-माओवादी सहितको नयाँ सत्ता गठबन्धनमा सामेल भएपनि विपक्षी गठबन्धन सँगको संवाद पनि टुटेको छैन । यसबीचमा उनले कांग्रेस सभापति देउवालाई तीनपटक भेटिसकेका छन् । देउवासँग उनको पछिल्लो भेट अहिले चर्चामा छ ।

जुन ‘वन टु वन’ पनि थिएन । बुधबार साँझ अध्यक्ष नेपाल कांग्रेस सभापति देउवाले बोलाएको विपक्षी दलहरूको बैठकमा सहभागी भए । देउवासहित विपक्षी गठबन्धनको बैठकमा सहभागी भएसँगै एकपटक फेरि उनको ढुलमुले नीतिको चर्चा हुन थालेको छ । बुधबार कांग्रेस सभापति देउवाले मधेश प्रदेश सरकार केन्द्रित छलफलका लागि एकीकृत समाजवादी, जनता समाजवादी नेपाल र लोकतान्त्रिक समाजवादीलाई घरमा डाकेका थिए । त्यहाँ जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, लोसपाबाट अध्यक्ष महन्थ ठाकुर र नेता शरद्सिंह भण्डारी पुग्दै गर्दा नेपाल पनि नेता मेटमणि चौधरीलाई लिएर पुगेका हुन् ।

यसअघि ५ वैशाखको साँझ पनि अध्यक्ष नेपालले कांग्रेस सभापति देउवा सहितका नेताहरूलाई भेटेका थिए । उनको भेटसँगै विपक्षी गठबन्धन बन्न लागेको चर्चा भएको थियो । तर, यही बीचमा सत्तारूढ जसपा नेपाल विभाजित भएपछि त्यो सफल हुन सकेन । प्रतिनिधि सभामा जम्मा १० सिट रहेको एकीकृत समाजवादीका अध्यक्ष नेपालको महत्वाकांक्षा भने ठूलो छ । उनले दुवैतिर प्रधानमन्त्रीको बार्गेनिङ’ गरिरहेको चर्चासमेत हुँदै आएको छ ।

दोहोरो दबाबमा नेपाल
एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादी पार्टीभित्र स्पष्टै रूपमा दुई धार छन् । नेपाल एमालेबाट छुट्टिएर आफ्नो अस्तित्व बचाउन संघर्ष गरिहेका छन् । जसका लागि उनले सत्तामा पनि रहिरहने र प्रतिपक्षसँग पनि सिरानी थापिराख्ने दोहोरो रणनीति अपनाएको टिप्पणी हुँदै आएको छ ।

पार्टीका बैठक र ठूला निर्णयमा समेत दुईथरी धारणा आउने गरेका छन् । पार्टीका सम्मानित नेता झलनाथ खनालले अध्यक्ष नेपाललाई निरन्तर चुनौती दिइरहेका छन् । नेता खनाललाई पनि अध्यक्ष नेपालको ढुलमुले नीति मन परेको छैन । उनी निरन्तर वाम शक्तिहरू एक ठाउँमा हुनुपर्ने पक्षमा छन् । तर, अध्यक्ष नेपाल भने घरी यता र घरी उता छलफल गरिरहेका हुन् ।

अध्यक्ष नेपाल सत्ता समीकरणमा सहभागी भएर पनि निरन्तर कांग्रेससँग उठबस गरिरहेका छन । कांग्रेस सभापति देउवाले राखेको विपक्षी दलको बैठकमा गएपछि उनीमाथि झन् शंका बढेको छ । अध्यक्ष नेपाल र नेता खनालबीच मात्रै होइन पार्टीको तल्लो तहसम्मै दुई धार छ । त्यसो त एकीकृत समाजवादीले एमाले(माओवादी सहितको समीकरण छाडे पनि अहिले सत्ताको गणितमा फेरबदल हुनसक्ने अवस्था छैन ।

केही प्रदेश सरकारमा भने सरकार फेरबदल हुनसक्छ । सहकार्य थालेको तीन महिना कट्दासमेत एमाले अध्यक्ष ओली सँगको सम्बन्ध सुध्रिएको छैन । यी दुई नेता अझै पनि एक-अर्काविरुद्ध आक्रोश पोख्दै आइरहेका छन् । अध्यक्ष नेपाल ओली सँगको सहकार्यमा कम्फर्टेबल नभएको निष्कर्षको साथ अघि बढ्न खोज्दा नेता खनाल पक्षधर संघदेखि प्रदेशसम्म वाम मोर्चालाई नै निरन्तरता दिनुपर्ने पक्षमा अडिग छन् ।

फकाउँदै प्रचण्ड र ओली
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले सत्तागठबन्धनप्रति लगातार असन्तुष्ट अध्यक्ष नेपाललाई विश्वासमा ल्याउने प्रयास थालेका छन् । बुधबार विपक्षी दलको बैठकमा सहभागी भएका नेता नेपालसँग शुक्रबार उनीहरूले छलफल गरेका हुन् ।

पछिल्लो समसामयिक राजनीतिक परिस्थिति र बजेटका विषयमा केन्द्रित रहेर प्रधानमन्त्री प्रचण्ड र ओलीले प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा नेपालसँग छलफल गरेका हुन् । एमाले अध्यक्ष ओलीले समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको प्रतिक्रिया दिए । ‘समसामयिक परिस्थितिबारे छलफल भएको छ,’ ओलीले भने ।

बुढानीलकण्ठमा कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलका शीर्ष नेताहरूको बैठकमा नेपाल सहभागी भएपछि उनको भूमिका र मधेशमा नयाँ सरकार गठनमा पर्न सक्ने प्रभावबारे सत्तागठबन्धनका शीर्ष नेताहरूको चासो थियो । १५ मिनेटको छलफलमा नेपालले बुढानीलकण्ठको भेटर्वाताबारे प्रस्टीकरण दिएका थिए । प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराएरै विपक्षी नेताहरू सहभागी बैठकमा पुगेको नेपालको भनाइ थियो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्री, ओली र नेपालबीच संसद्मा बजेट छलफलको तयारी र समसामयिक परिस्थितिमा केन्द्रित रहेर छलफल भएको बताए । बजेटसहित पछिल्लो राजनीतिक परिस्थितिमा एउटै धारणासहित अघि बढ्ने दिशामै प्रचण्ड, ओली र नेपालबीच कुराकानी भएको हो ।

तपाईको प्रतिक्रिया