Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक २३, २०८१
Friday, November 8, 2024

काठमाडौं – नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको बचाउमा उत्रिएकी छन् । आइतबार प्रतिनिधिसभा बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले थापामाथि विभिन्न आक्षेप लगाएपछि झाँक्री बचाउमा उत्रिएकी हुन् ।

उनले थापा आन्दोलनले जन्माएको नेता भएको र युवाहरुको राजनीतिक आइकन समेत भएको बताएकी छन् । ‘गगन थापा यो आन्दोलनको नेता हो । उनी युवाहरूको राजनीतिक आईकन हो । आफ्नो सामर्थ्यले यो तहको नेता बनेको हो’, उनले  सामाजिक सञ्जाल फेसबुकमा भनेकी छन्, ‘गगन थापा माथि लगाएको आरोपको प्रमाणको भार स्वयं आरोप लगाउनेले पुरा गर्नुपर्छ, हेक्का रहोस् ।’

आइतबार संसदमा सम्बोधन गर्दै रास्वपाका सभापति समेत रहेका लामिछानेले थापामाथि विदेशीलाई सूचना बेच्न भूमिका खेलेकोसहितका गम्भीर आरोप लगाएका थिए । ***

तपाईको प्रतिक्रिया