समाचार सुन्नुहोस :
काठमाडौँ – सत्तारूढ नेकपा (माओवादी केन्द्र)का नेता कालीबहादुर खाम पक्राउ परेका छन्। नेता खाममाथि कोटेश्वरका व्यवसायी रामहरि श्रेष्ठको अपहरणपछि हत्या गरेको आरोप छ । २०६५ वैशाख १५ मा श्रेष्ठलाई काठमाडौंबाट अपहरण गरी चितवनको शक्तिखोर पु-याएर हत्या गरेको उनीमाथि आरोप छ ।
तत्कालीन माओवादी जनयुद्धका कमाण्डर खामलाई आज मंगलबार काठमाडौँको ठमेलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए । उनी १५ वर्षदेखि प्रहरीको फरार सूचीमा थिए ।