सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

काठमाडौं – त्रिशुलीमा यात्रुवाहक ट्याक्सी खसेर दुर्घटना हुँदा मृत्यु भएका पाँच जनाको परिचय खुलेको छ । काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी शनिबा बिहान ७ बजे चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित पृथ्वी राजमार्ग सडकबाट त्रिशुली नदीमा खसेको हो ।

ट्याक्सीमा चालकसहित ६ जना सवार रहेकोमा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले जानकारी दिए । उनकाअनुसार एक जना अझै बेपत्ता छन् । दुर्घटनामा परी ट्याक्सी चालक गोरखाको गोरखा नगरपालिका-७ का ३५ वर्षीय अर्जुन शिर्मल, ट्याक्सीमा सवार सोही वडाका ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अन्जना रोकाय र ९ वर्षीय आगमन नगरकोटी छन् ।

सोही वडाका १८ वर्षीय दिवस रोकाय बेपत्ता छन् । उनको खोजीका लागि दुर्घटनास्थलमा टोली खटिइरहेको डिएसी भण्डारीले जानकारी दिए । पाँच जनालाई मृत अवस्थामा नदीबाट निकालिएको छ ।

तपाईको प्रतिक्रिया