Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – करिब ७० वर्षसम्म ‘फलामको फोक्सो’ को सहारामा बाँचिरहेका पल अलेक्जेन्डरले अन्ततः संसारबाट बिदा भएका छन् । ‘पोलियो पल’ भनेर चिनिने उनको ७८ वर्षको उमेरमा निधन भएको हो। पल अलेक्जेन्डर १९५२ मा ६ वर्षको उमेरमा नै पोलियोबाट पीडित भएका थिए । त्यसले गर्दा उनी आफ्नो टाउको, घाँटी र मुख मात्र चलाउन सक्ने भएका थिए। त्यो समयमा अमेरिकामा पोलियोको व्यापक महामारी थियो। केटाकेटीहरूलाई फलामको फोक्सो राखेर सास फेर्न सक्ने बनाइन्थ्यो।

इकोनोमिक टाइम्सका अनुसार अलेक्जेन्डरको प्राण धिपधिप भएपछि उनी ८ वर्षको हुँदा शरीरमा फलामको फोक्सो राखिएको थियो। फलामको उक्त फोक्सो मेसिनमा भ्यागुतोको श्वासप्रश्वास प्रविधि प्रयोग गरिएको थियो। यसले उनलाई एकपटकमा मुखभरि अक्सिजन लिएर घाँटी हुँदै फोक्सोसम्म धकेल्न मद्दत गर्थ्यो।

अलेक्जेन्डरले ७० वर्षसम्म यसैगरी जीवन बिताए। उनले घरबाटै स्कुल पढे र २१ वर्षको उमेरमा ग्र्याजुएट भए। डालास हाइ स्कुलमा भौतिक कक्षामा उपस्थित नभइ, घरबाटै पढेर ग्र्याजुएट हुने उनी पहिलो विद्यार्थी हुन्। उनले सन् २०२० मा आत्मकथा पनि लेखेका छन्। उनलाई धेरैले ‘प्रेरणाका स्रोत’ मान्छन्।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया