Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक २३, २०८१
Friday, November 8, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नवनिर्वाचित राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार शीतलनिवासमा आयोजित समारोहमा दाहाललाई शपथ खुवाएका हुन् ।

दाहाल सत्तारुढ दलहरुको तर्फबाट उम्मेदवार थिए । उनलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समर्थन गरेका थिए ।

५७ सांसद उपस्थित राष्ट्रिय सभाको आजको बैठकमा दाहालले ३९ मत प्राप्त गरेर अध्यक्ष निर्वाचित भएका हुन्। उनको विपक्षमा १७ मत पर्‍यो। एकजना जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्मा मतदानमा सहभागी भएनन्।

तपाईको प्रतिक्रिया