Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – इक्वेडरमा एक जना काउन्सिलरको गोली हानी हत्या गरिएको छ । गुयासको नारञ्जलमा सडकको खराब अवस्थाबारे भिडियो खिच्दै गर्दा २९ वर्षीया डायना कार्नेरोमाथि आक्रमण भएको थियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

मोटरसाइकलमा आएका दुई संदिग्धहरूले डायनाको टाउकोमा गोली हानेका थिए । प्रहरीले भने, ‘मोटरसाइकलमा आएर दुईजना शंकास्पद व्यक्तिले उनको टाउकोमा गोली हानेर भागेका थिए ।’ त्यसपछि उनलाई हतार हतार अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । घटनामा हालसम्म कसैलाई पक्राउ नगरेको र यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

डायनाको हत्याले देशभर शोकको लहर ल्याएको छ । पूर्व राष्ट्रपति राफेल कोरियाले पोस्ट गरे, ‘डायना मात्र २९ वर्षकी थिइन् । यो एक दुःस्वप्न जस्तै छ । जब तपाईँका छोराछोरीहरू यो उमेरका हुन्छन्, तपाईंले बुझ्नुहुन्छ कि तिनीहरूका आमाबाबुले यस समयमा के गुज्रिरहेका छन् ।’

ग्वायाकिलका डेपुटी मेयर ब्लान्का लोपेजले पनि ट्विटरमा लेखेका छन, ‘यसको अन्त्य हुनैपर्छ, हाम्रा क्यान्टोन, प्रान्त र देशका लागि राम्रो दिन चाहनुको मतलब हाम्रो जीवनलाई जोखिममा पार्नु हुँदैन ।’

डायना कार्नेरोको मृत्यु राजनीतिक हिंसाको श्रृंखलामा नयाँ घटना हो । संगठित अपराध समूहहरूद्वारा हुने हिंसा बढ्दै गएपछि राष्ट्रपति ड्यानियल न्गोबोआले गत महिना देशमा संकटकालको घोषणा गरेका थिए । ती आपराधिक समुहले राति ११ बजे पछि जो कोही बाहिर भेटिएलाई ‘फाँसी’ दिइने चेतावनी दिएका थिए ।

तपाईको प्रतिक्रिया