Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – लुम्बिनी प्रदेश सरकारमा दुई मन्त्री थपिएका छन् । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार मन्त्रिपरिषद् विस्तार गर्दै कांग्रेसका सरोज थापा र माओवादीका सांसद कृष्णा केसीलाई मन्त्री बनाएका हुन् । थापा उद्योग तथा यातायात मन्त्री र केसीलाई सहरी विकास मन्त्रीको जिम्मेवारी दिइएको हो । आइतबार शपथग्रहण गराइने कार्यक्रम तय भएको बताइएको छ ।

प्युठानका थापा कांग्रेस संस्थापन पक्षका सांसद हुन् । उनी प्युठान प्रदेशसभा २ मा विजयी भएका हुन्। उनी फिल्म क्षेत्रमा रोज राणाको नामले चिनिन्छन् । उनी फिल्म निर्माता समेत हुन् । यस्तै माओवादीवाट केसीको नाम यसअघि नै पार्टीले सिफारिस गरेको थियो । बाँके जिल्लाको क्षेत्र नम्बर १ बाट विजय केसी यसअघि प्रदेशको विना विभागीय मन्त्री बनेकी थिइन् ।

कांग्रेसको तर्फबाट दाङबाट निर्वाचित डिल्लीबहादुर चौधरी वैशाख १४ गते मुख्यमन्त्री बनेका थिए । तर उनले सरकारलाई पूर्णता दिन सकेका थिएनन् ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया