Deneme Bonusu Veren Siteler
बिहिबार, पौष २५, २०८१
Thursday, January 9, 2025

समाचार सुन्नुहोस् :

काठमाडौं – अभिनेता तथा निर्माता दीपकराज गिरी, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला र निर्मल शर्माको टीमले निर्माण गरेको फिल्म हल आज शुक्रबारदेखि सञ्चालनमा आएको छ । काठमाडौंस्थित नयाँ बानेश्वरको शंखमुल जाने बाटोमा आईएनआई सिनेमा हल सञ्चालनमा आएको हो ।

उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल र वरिष्ठ कलाकार हरिवंश आचार्यले मल्टिप्लेक्स हलको उद्घाटन गरे । यो समूहले काठमाडौं गोंगबु नयाँ बसपार्कको लोत्से मलमा र रुपन्देहीको भैरहवामा आईएनआई क्युबक्स सञ्चालनमा ल्याइसकेको छ ।

‘आइएनआई सिनेमा हल’ मा आजैबाट नेपाली सिनेमा ‘एक भागवत र एक गीता’ (सामाजिक कथा) र ‘नांङ्गो गाउँ’ सँगै ‘जवान’ र ‘द नन् २’ लगायतका चलचित्र दर्शकले हेर्न पाउने छन् । हलमा २ वटा स्क्रिन रहेको छ । जसमध्ये पहिलोमा १७७ र अर्कोमा २१० दर्शक आँट्ने छन् । हल निर्माणका लागि करिब १० करोड खर्च गरिएको बताइएको छ ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया