Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०९, २०८१
Wednesday, January 22, 2025

काठमाडौं – युट्युब च्यानल फूलबारी नेपालले आगामी मोतीजयन्तीको अवसरमा आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय नेपाली गजल प्रतियोगिता, २०८० का लागि गजल आह्वान गरेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

प्रतियोगितामा सहभागी स्रष्टाले आफ्नो गजल-भिडियो रेकर्ड गरी २०८० साल भाद्र १० गतेसम्म पठाउनु पर्नेछ । प्राप्त भएका गजलहरूमध्ये विज्ञद्वारा उत्कृष्ट ठहराइएका प्रथम, द्वितीय , तृतीय र पाँचवटा सान्त्वना गरी छनोट हुने आठ वटा गजलहरूको घोषणा मोतीजयन्तीको दिन (भाद्र २८ गते) गरिने फूलबारी नेपालले जनाएको छ । प्रतियोगितामा प्रथम हुने स्रष्टाले ५० हजार, दोस्रो हुनेले २५ हजार, तेस्रो हुनेले १५ हजार र सान्त्वना स्थान प्राप्त गर्ने ५ जनाले जनही रु २ हजार प्राप्त गर्नेछन् ।

फूलबारी नेपालले नेपाली गीत संगीत र साहित्य विधा क्षेत्रका विभिन्न सामाग्री प्रसारण गर्दै आएको छ । यसअघि श्रावण मसान्तसम्मका लागि गजल आह्वान गरिएको भएपनि भाद्र १० गतेसम्मका लागि समय थप गरिएको फूलबारी नेपालले जनाएको छ । श्रव्य र दृश्य स्पष्ट भएको भिडियो  (फोन/क्यामरालाई तेर्सो पारेर खिचिएको ल्यान्ड्स्केप (landscape) [email protected] मा इमेल गरेर पठाउनुपर्ने जनाइएको छ । प्रतियोगितासम्बन्धी अन्य जानकारी phulbarinepal को युट्युब च्यानलमा समेत हेर्न सकिनेछ ।

तपाईको प्रतिक्रिया