Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडौं – राजस्व अनुसन्धान विभागले सय किलो सुन पक्राउ गरेपछि सुन तस्करीको गिरोह उच्च तहसम्ममा नै रहेको आकलन हुँदै आए पनि हालसम्म सामान्य व्यक्ति, भरिया र केही कर्मचारीबाहेक अन्य व्यक्तिहरू पक्राउ पर्न सकेका छैनन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नेपालमा तस्करीको सुन बरामद परिमाण यो नै अहिलेसम्मकै उच्च भए पनि राजस्व अनुसन्धान विभागले यस प्रकरणमा संलग्न उच्च गिरोहको जराजरा खोतल्न सकेको छैन । रेडी ट्रेड प्रालिको नामबाट कम्पनी खडा गर्न लगाएर सुन तस्करीको चाँजापाँजो मिलाउने ‘मुख्य डिजाइनर ’को बारेमा राजस्व अनुसन्धान विभागका अधिकारीहरूले कुनै भेउ पाउन सकेका छैनन् ।

विभागका अनुसन्धान अधिकृतको निशाना रेडी ट्रेड सञ्चालन गर्ने दोलखाका २१ वर्षीय दिलीप भुजेल र उनका मामा रामकुमार भुजेल बनेका छन् । यो काण्डमा सबैभन्दा पहिला रेडी ट्रेड सञ्चालन गर्ने दिलीप पक्राउ परेका थिए ।

पहिला मजदुर व्यवसाय सञ्चालन गर्ने दिलीपको नागरिकता प्रयोग गरेर तस्करी गर्ने गिरोहले रेडी ट्रेड सञ्चालनको चाँजोपाँजो मिलाउँदै आएको देखिए पनि त्यो गिरोह को हो भन्ने बारेमा राजस्व अनुसन्धान विभागका अधिकारीहरूको छानबिन पुग्न सकेको छैन ।

दिलीप पक्राउ गरेर बयान लिँदा दिलीपले आफ्नो मामा रामकुमार भुजेलले नागरिकता मागेको र आफूले दिएपछि सोही आधारमा कम्पनी खोलिएको आफूले पछि मात्रै थाहा पाएको बताएका थिए । दिलीपको सो बयानका आधारमा मामा रामकुमार पनि पक्राउ परेका थिए । भान्जालाई मामाले परिचालन गरे पनि मामालाई परिचालन गर्ने गिरोहको जालो माथिसम्म नै रहेको अनुमान गरिए पनि सो कुरा खुल्न सकेको छैन ।

राजस्व अनुसन्धान विभागका एक अधिकृतका अनुसार भान्जा हुँदै अनुसन्धान मामासमक्ष पुगेको भए पनि भित्रको जरा पत्ता लाग्न सकेको छैन । –नेपाल समाचारपत्र दैनिकबाट

तपाईको प्रतिक्रिया