Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १७, २०८१
Thursday, January 30, 2025

काठमाडौं – एक बेलायती (युके) एयरलाइन इजीजेटले स्पेनको लान्जारोट शहरबाट लिभरपुलको उडानमा सवार २० जना यात्रुहरूलाई विमानबाट ओरालेको घटनाले एअरलाइन्स दुनियालाई चकित बनाएको छ ।  किनभने विमान ‘धेरै भारी’ भएको भन्दै ती यात्रीलाई विमानबाट उतारिएको थियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यो घटना गत जुलाई ५ को हो । खराब मौसम र विमानको तौल बढी भएकाले उडान ढिला भएको थियो, त्यसपछि विमानका क्याप्टेनले यात्रुहरूलाई स्वेच्छाले ‘अप्ट आउट’ गर्न भने । बेलायती अनलाइन पत्रिका ‘इन्डिपेन्डेन्ट’को रिपोर्ट अनुसार एक यात्रुले घटनाको भिडियो रेकर्ड गरेका छन् । पछि १९ जनाले आफैँ उडान छोड्ने निर्णय गरे पछि मात्रै विमानले उडान भरेको थियो ।

उडानका क्याप्टेनले लान्जारोटेमा निकै छोटो रनवे र उल्टो दिशामा चल्ने हावाका कारण ठूला विमान अहिले उडान भर्न नसक्ने यात्रुलाई बताए । पाइलटका अनुसार एयर कन्डिसन र सुरक्षाका लागि आफ्नो कम्पनीको प्राथमिकतालाई ध्यानमा राख्दै यो उपाय बाहेक विमान उड्नको लागि अन्य कुनै उपाय नभएको पनि जनाए । पाइलटले २० जना यात्रुहरूलाई विमान छोड्न र आज राती लिभरपुलमा उडान छनौट गर्न भने । पाइलटले उडानबाट ओर्लने प्रत्येक यात्रुलाई इजीजेटले ५०० युरोसम्म दिनेसम्म पनि बताए ।

इजीजेटका प्रवक्ताले १९ जना यात्रुले स्वेच्छाले छोड्न राजी भएको पुष्टि गरेका छन् । तौल प्रतिबन्धहरू सुरक्षा कारणहरूका लागि सबै एयरलाइनहरूमा लागू हुन्छन् । यस्ता निर्णय प्रायः यस्तो परिस्थितिमा लिइन्छ। प्रवक्ताले भने कि उडानले तौलको सीमा नाघेको अवस्थामा, हामी यात्रुहरूलाई बिना भुक्तानी स्वैच्छिक रूपमा पछिको उडानमा जान आग्रह गर्छौं, जुन यस अवसरमा पनि भयो ।

यसो गर्नेलाई नियम अनुसार क्षतिपूर्ति दिइएको छ । किनभने यात्रु र कर्मचारीको सुरक्षा नै एयरलाइन्सको सबैभन्दा ठूलो प्राथमिकता मानिएकाले उनीहरूलाई उतारिएको थियो ।

तपाईको प्रतिक्रिया