Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष २६, २०८१
Friday, January 10, 2025

काठमाडौं – २०७७ साल साउन ९ गते अभिनेता भुवन केसीले जिल्ला अदालत काठमाडौंमा अभिनेत्री साम्राज्ञी आरएल शाहविरुद्ध १० करोड क्षतिपूर्तिको माग गर्दै गाली बेइज्जती मुद्दा हालेका थिए ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अदालतमा मुद्धा परेको करिब तीन वर्षपछि बुधबार भएको सुनुवाइमा भुवनले मुद्धा हारेका छन् । न्यायाधीश वासुदेव पौडेलको एकल इजलासले जाहेरीकर्ता केसीको दाबी नपुग्ने फैसला गरेको हो ।

आफूले मुद्धा जितेपछि अभिनेत्री शाहले बुधबार साँझ इन्स्टाग्राममा एक भिडियो पोस्ट गर्दै खुसी व्यक्त गरेकी छन् । उनले न्यायको सधैं जित हुने उल्लेख गरेकी छन् । उनले हरेक नवोदित कलाकार र उदयीमान महिलाहरूको लागि, कसैलाई पनि आफ्नो आवाज बन्द नगरिदिन आग्रह गर्दै सत्य बोल्न र आफूले विश्वास गरेको कुरामा खडा हुन आग्रह गरेकी छन् ।

भिडियोमा उनी मुद्धा जितेकोमा खुसीले भावविह्वल समेत भएकी छन् । उनले भुवन केसीको नाम उच्चारण नगरी भनेकी छन्, ‘त्यो व्यक्तिले मलाई म शक्तिशाली छु, फिल्म क्षेत्रमा समर्थन छ भनेर देखाउनु थियो । र, मलाई १० करोडको मुद्धा हालेर फेरि बुलिङ गरियो । आफ्नो अनुभव बोल्न पनि नपाइने रैछ । यो निकै डरलाग्दो छ । जे भयो त्यसले अब त मलाई आश्चर्यचकित बनाउँदैन ।’

तीन वर्षअघि साम्राज्ञीले सामाजिक सञ्जालमा एक भिडियोमार्फत् फिल्म ‘ड्रिम्स’को सुटिङमा आफूले लैंगिक भेदभावको सामना गरेको अनुभव सुनाउँदै जापानमा आयोजित अवार्ड कार्यक्रममा भुवन केसीले दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । भुवनले पनि त्यति बेला फेसबुकमा साम्राज्ञीलाई छुचो जवाफ फर्काउँदै ‘जुन थालमा खायो, त्यही थालमा दुलो पारेको’ भन्दै आक्रोश पोखेका थिए ।

तपाईको प्रतिक्रिया