Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष २६, २०८१
Friday, January 10, 2025

काठमाडौं – हालै दिशा पटानी र टाइगर श्राफ दिल्लीको एक कार्यक्रममा सँगै देखिएका छन् । ब्रेकअपपछि दिशा-टाइगर पहिलो पटक सार्वजनिक रूपमा सँगै देखिएका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यस सम्बन्धमा एउटा भिडियो पनि सामाजिक सञ्जालमा आएको छ । रिपोर्टका अनुसार दिशा र टाइगर कार्यक्रममा सहभागी हुन मुम्बईबाट दिल्ली पुगेका थिए । भिडियोमा दिशा र टाइगर कार्यक्रममा एक अर्काको छेउमा बसेर कुराकानी गरिरहेको देखिन्छ ।

यसबाहेक दिशा र टाइगर एयरपोर्ट पुगेका भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भएको छ । तर, दुवैले पापाराजीलाई फरक-फरक पोज दिए । टाइगरले क्यामेराको लागि पोज दिँदा दिशा पछाडि उभिरहेकी थिइन् । टाइगरपछि दिशा क्यामेराको अगाडि आइन् र पोज दिइन् ।

कार्यक्रममा टाइगर श्राफले कालो टि-सर्ट र कालो प्यान्ट लगाएका  थिए । दिशा पटानीले यसलाई बैजनी क्रप टप, सेतो प्यान्ट र स्नीकर्समा स्टाइल गरेकी थिइन् । दुवैले सनग्लास पनि लगाएका थिए । कार्यक्रममा टाइगरकी बहिनी कृष्णा श्राफ दिशाको छेउमा बसेकी थिइन् ।

त्यही समयमा टाइगर श्राफकी आमा आयशा श्राफ छोराको पछाडि बसिरहेकी थिइन् । यिनीहरूका अलावा ड्यानी डेन्जोङ्पाका छोरा रिङ्जिङ डेन्जोङ्पा पनि कार्यक्रममा उपस्थित थिए ।

तपाईको प्रतिक्रिया