Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – भारतबाट अनुदानमा पाएको १४ वटा मुर्रा राँगा लिन नेपालबाट चार जनाको टोली जाने भएको छ। टोली असार अन्तिमतिर चार जनाको टोली भारत जान लागेको पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालले जानकारी दिए। भारतले अनुदानमा दिने १५ वटा राँगालाई एकै लटमा नेपाल ल्याइने ढकालले बताए। असार अन्तिम भनिए पनि मिति तय भइसकेको छैन।

मुर्रा राँगा लिन जाने टोलीमा टोलीमा पशु सेवा विभागकी महानिर्देशकसहित राष्ट्रिय पशु प्रजनन केन्द्र पोखरा, पशु प्रजनन केन्द्र लहान, र क्वारेन्टाइन शाखाका प्रमुख छन्। भारत सरकारले सीमासम्म ल्याइदिनेछ। त्यहाँबाट ल्याउने प्रबन्ध विभागले गरिरहेको छ।

भारतबाट उन्नत नस्लका मुर्रा राँगा ल्याउन २०७३ सालबाटै पहल सुरू भएको थियो। यी राँगाबाट रैथाने भैँसीको नस्ल सुधार हुने हुँदा सरकारले सात वर्षदेखि मुर्रा राँगा ल्याउन भारतसँग पहल गरिरहेको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जेठ तेस्रो साता भएको भ्रमणका क्रममा भारतले नेपाललाई १५ वटा उन्नत नस्लका मुर्रा राँगा दिने जनाएको थियो। अहिले ल्याउन लागिएको मुर्रा राँगा भारतमा भएका राँगाहरूमध्ये उच्च प्रजनन क्षमता रहेको भनिएको छ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया