Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार साँझ पशुपतिनाथ मन्दिरको अवलोकन गरेका छन् । केही मन्त्रीहरूसहित प्रधानमन्त्री प्रचण्ड पशुपतिनाथ पुगेका हुन् ।उनलाई पशुपतिनाथमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराती र पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव लगायतले स्वागत तथा बिदाई गरेका छन् । प्रधानमन्त्री प्रचण्डसँगै अर्थमन्त्री डा. प्रकाशशरण महत, पररराष्ट्रमन्त्री एनपी साउद, संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराती लगायत पनि पशुपति पुगेका थिए ।प्रधानमन्त्री प्रचण्डले पशुपतिनाथ मन्दिरमा जल चढाएका थिए । उनले महादेव र शिवको पूजा समेत गरेको जनाइएको छ । उनी झण्डै एक घण्टा पशुपति अवलोकन गरेको स्रोतले जानकारी दिएको छ ।आफ्नै देशको पशुपतिनाथ नपुगेका प्रचण्डले भारतको चार दिने भ्रमणमा रहँदा धार्मिक भ्रमण गरेको भन्दै चर्को आलोचना भएको थियो । उनले भारतको मध्य प्रदेशस्थित उज्जैन सहरमा रहेको प्रसिद्ध महाकालेश्वर मन्दिरमा पूजा गरेका थिए ।

तपाईको प्रतिक्रिया