बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले खप्तडलाई विकास कोषमा परिणत गरिने बताएका छन् ।खप्तडमा आयोजना गरिएको अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले चार जिल्ला (बझाङ, बाजुरा, अछाम र डोटी) को सङ्गमस्थल खप्तडलाई अब ‘खप्तड विकास प्रतिष्ठान’ वा ‘खप्तड विकास कोष’को रूपमा विकास गरिने बताए ।खप्तडको विकासका लागि लगानी बोर्डले विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) समेत तयार गरिसकेको उनले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले भने, ‘खप्तड लामो समयदेखि चर्चामा छ, तर यसको प्रचारप्रसार हुन सकेन । अब एकै पटक यसको विश्वव्यापी प्रचार हुन्छ । विभिन्न देशका राजदूतले पनि आफ्नो देशमा खप्तडको प्रचार गर्नु हुनेछ । त्यसपछि पर्यटकको ओइरो लाग्नेछ ।’प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डसँगै उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद खप्तड पुगेका हुन् । सम्मेलनमा भारतीय योगगुरु रामदेव र पतञ्जली योगपीठका प्रमुख आचार्य बालकृष्ण लगायत सहभागी छन् । खप्तड तपोभूमिका रूपमा परिचित छ ।Khaptad prachanda 1Khaptad prachanda 2Khaptad prachanda 3Khaptad prachanda 4Khaptad prachanda 5Khaptad prachanda 6khaptad 1khaptad 2khaptad 3khaptad 4khaptad 5khaptad 6khaptad 7khaptad 8khaptad 9khaptad 10khaptad 12khaptad 13khaptad 14तस्बिरहरू : प्रदीपराज वन्त

तपाईको प्रतिक्रिया