Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

समाचार सुन्नुहोस् :

काठमाडौँ – चीनले आफ्नो पछिल्लो अन्तरिक्ष अभियानका क्रममा तीन जना अन्तरिक्षयात्रीलाई तियानगोङ अन्तरिक्ष स्टेसनमा पठाएको छ । उत्तरपश्चिम चीनको गोबी मरुभूमिमा रहेको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट बिहान ९ बजेर ३१ मिनेटमा सेन्जोउ–१६ अन्तरिक्ष यानमा रहेका तीन अन्तरिक्षयात्रीलाई लङ मार्च–२ एफ रकेटले अन्तरिक्ष स्टेसन लगेको हो ।

चिनियाँ टेलिभिजन सीसी टीभीका अनुसार सेन्जोउ–१६ का तीन अन्तरिक्षयात्रीहरूले नोभेम्बरको अन्त्यमा अन्तरिक्ष स्टेसनमा पुगेर सेन्जोउ–१५ का अन्तरिक्षयात्रीहरूलाई प्रतिस्थापन गर्नेछन् । यसको अर्थ यसअघि अन्तरिक्ष स्टेसन पुगेका र त्यहाँ वैज्ञानिक अनुसन्धान गरिरहको तीन अन्तरिक्षयात्री भने चाँडै पृथ्वीमा फर्किनेछन् । वर्तमान अवस्थामा हाल चीनको अन्तरिक्ष स्टेसन मोड्युल टी आकारको छ । उक्त स्टेसनलाई क्रस आकारको बनाउने योजना रहेको छ ।

हाल अन्तरिक्षमा पठाइएका चिनियाँ अन्तरिक्षयात्री गुई हाइचाओ तियानगोङ अन्तरिक्ष स्टेसनमा पठाइएका पहिला गैरसेना अन्तरिक्षयात्री हुन् । हालसम्म यो स्टेसनमा चिनियाँ जनमुक्ति सेनाका सदस्य मात्र पुगेका थिए । ३६ वर्षीय गुईसहित यसपटक जिङ हाइपेङ र झु याङझुसलाई सेन्जोउ–१६ मिसनका लागि चीनको अन्तरिक्ष स्टेसन तियाङगोङमा पठाइएको छ ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया