काठमाडौं – साताको पाँचौ दिन बिहिबार सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक हजारले घटेर एक लाख आठ हजार आठ सय रुपैयाँ कायम भएको छ ।
यस्तै बुधबार प्रतितोला एक लाख नौ हजार तीन सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज एक लाख आठ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदि तोलामा १० रुपैयाँले घटेर एक हजार तीन सय ५० रुपैयाँ कायम भएको छ ।