काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनको परिणामले रुपान्तरित हुन सन्देश दिएको बताएका छन् । चितवन २ र तनहुँ १ मा कांग्रेसका उम्मेदवारलाई रास्वपाले भारी मतान्तरले हराएपछि उनले यस्तो बताएका हुन् । उपचुनावमा विजयी हुनेहरूलाई बधाई दिँदै उनले भने, ‘परिणामले हामीलाई रुपान्तरित हुन सन्देश दिएको छ । देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुरुप आफूलाई बदल्नुछ । नवीन अभियानमा, नयाँ ढंगले जुट्नेछौं हामी ।’
देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुरूप आफूलाई बदल्न अब नयाँ ढंगले जुट्ने बताएका छन् । मतदाताको प्रत्येक मतलाई सम्मान गर्दै अगाडि बढ्ने उनको भनाई छ । चितवन २ को उपनिर्वाचनमा महामन्त्री शर्मा आफैं चुनावी कमाण्ड सम्हाल्न पुगेका थिए । तर, रास्वपाका रवि लामिछानेसँग कांग्रेसका जितनारायण श्रेष्ठ ठूलो मतान्तरले पराजित भए ।