Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक २३, २०८१
Friday, November 8, 2024

काठमाडौं – आज भूकम्पको ८ वर्ष पूरा भएको छ। विसं २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्र भएर गएको विनाशकारी भूकम्पमा ८ हजार ९७९ जनाको मृत्यु भएको थियो। २२ हजार ३०९ जना घाइते भएका थिए।

त्यही भूकम्पले ऐतिहासिक सम्पदाहरूमा समेत क्षति गर्‍यो। पुरातत्व विभागका अनुसार देशभर भूकम्पले ९२० ऐतिहासिक-सांस्कृतिक सम्पदा क्षतिग्रस्त भएका थिए। तर भूकम्पको ८ वर्ष पूरा भइसके पनि अझै यी सबै सम्पदा ठडिएका छैनन्। पशुपति क्षेत्रको विश्वरूप मन्दिरलगायत ऐतिहासिक मन्दिरको पुनर्निर्माण अझै हुन सकेको छैन।

भूकम्पले ३१ जिल्लाका अन्य ९ हजार ७२ वटा विद्यालय, १ हजार १९७ वटा स्वास्थ्य संस्थाका भौतिक संरचनामा र ४१५ सरकारी भवनमा क्षति पुगेको सरकारको तथ्यांक छ। पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले हालसम्म ७०३ सम्पदा पुनर्निर्माण भइसकेको जानकारी दिए। उनले भने, ‘देशभर ९२० सम्पदा भूकम्पले भत्काएको थियो, जसमा ७०३ वटा सम्पदाको पुनर्निर्माण भइसक्यो।’ उनका अनुसार अब २१७ सम्पदा पुनर्निर्माण हुन बाँकी छन्।

 

तपाईको प्रतिक्रिया