काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठको पदमुक्त भएका छन् । सम्बद्ध पार्टीबाट निष्कासन गरिएको सूचना सभामुख देवराज घिमिरेले संसद्मा जानकारी गराएपछि उनी सांसद पदबाट मुक्त भएका हुन्।
मन्त्री बन्न व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियाे टेप सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई कारबाही गरेर पार्टीको साधारण सदस्यसमेतबाट हटाएकाे थियाे । रास्वपाको छानबिन समितिले उक्त अडियाे श्रेष्ठकै रहेको निषकर्षसहित पार्टी र सांसदबाट निष्काशन गरेको जानकारी संसद् सचिवालयलाई पठाएको थियो। रास्वपाले श्रेष्ठकाे ठाउँमा विन्ध्यबासिनी कंसाकारलाई सांसद बनाउने निर्णय गरेकाे छ।