काठमाडौँ – अमेरिकाका राष्ट्रपति जो बाइडनले पुनः चुनाव लड्ने घोषणा मंगलवार गरेका छन् । एउटा भिडियो जारी गर्दै उनले अर्को वर्ष रिपब्लिकन अतिवादसँग लड्ने बताए अनि अमेरिकाको आत्मालाई पुनःस्थापना गर्नका लागि आफूलाई थप समय चाहिएको बताए ।
‘चार वर्षअघि राष्ट्रपति पदमा लड्दा मैले अमेरिकाको आत्माका लागि लडाइँको कुरा झिकेको थिएँ,’ उनले बताए, ‘हामी अझै लडाइँमै छौं ।’ बाइडन अहिले नै अमेरिकाका सबभन्दा वृद्ध राष्ट्रपति हुन् । सन् २०२४ मा उनको प्रतिस्पर्धा सम्भवतः पुनः एकपटक डोनल्ड ट्रम्पसँगै हुनेछ ।