Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक २३, २०८१
Friday, November 8, 2024

काठमाडौं – यसअघिको आफ्नै रेकर्ड ब्रेक गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विजयी भएका छन्। प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा चितवन–२ का उम्मेदवार बनेका लामिछानेले यसअघिको आफ्नो रेकर्डलाई समेत तोड्दै भारी मतान्तरले विजयी भए।

अन्तिम मत परिणाम अनुसार लामिछाने ५४ हजार १७५ मतका साथ विजयी भएका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार ११४ मत ल्याए। श्रेष्ठलाई ४३ हजार ६१ मतान्तरले लामिछानेले पछि पारे। तेस्रो स्थानमा रहेका नेकपा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत पाए।

नागरिकता पुन: प्राप्तिका प्रक्रिया पूरा नगरेका कारण लामिछानेको सांसद पद गुमेपछि चितवन–२ मा उपनिर्वाचन भएको थियो। यसअघि गत मंसिर ४ मा भएको चुनावमा यो क्षेत्रबाट लामिछाने नै निर्वाचित भएका थिए। त्यतिबेला उनले ४९ हजार ३०० मत पाएका थिए। यो जितसँगै यसअघि आफ्नो नाममा रहेको सबैभन्दा बढी मतान्तरले जितेको रेकर्ड लामिछानेले तोडेका छन्।

तपाईको प्रतिक्रिया