Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक २३, २०८१
Friday, November 8, 2024

काठमाडौं – नेपाली आकाशमा करिब एक घन्टा आन्तरिक उडान बन्द भएर पुनः खुलेको छ । जहाज र विमानस्थलको सम्पर्कमा समस्या आएकाले उडान तथा अवतरण रोकिएको हो । तर, अन्तर्राष्ट्रिय उडानमा भने केही समस्या थिएन ।

त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले आन्तरिक तर्फको जहाजहरुसँग सञ्चारमा समस्या आएकाले करिब एक घन्टा बन्द गर्नु परेको बताए । उनले भने, ‘करिब ५० मिनेट जति आन्तरिक उडानमा रोक लगाएका थियौं । अहिले आन्तरिक उडान पुनः सुरु भइसकेको छ । अन्तर्राष्ट्रिय उडानमा भने केही समस्या थिएन । आन्तरिक उडानमा मात्रै सञ्चार समस्या भएको थियो ।’

विमानस्थलमा कार्यरत एयर ट्राफिक कन्ट्रोलर (एटीसी) र आकाशमा जहाज उडाइरहेका पाइलटबीच हुने संवाद नबुझिने गरी प्राविधिक समस्या आएको हो । यस्तो समस्या आज दिउँसो २ः३० बजेबाट सुरु भएको बताइएको छ ।

 

तपाईको प्रतिक्रिया