काठमाडौँ – बलिउड अभिनेता सलमान खानको फिल्म ‘किसीका भाइ किसीकी जान’ ले भारतीय बक्स अफिसमा औसत कमाइ गरेको छ। हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले १५ करोड ८१ भारूको ओपनिङ गरेको छ। सन् २०१० मा सलमानको फिल्म ‘दबंग’ ले १४ करोड ५० लाख भारूको ओपनिङ गरेको थियो। त्यसपछि इदमा रिलिज हुने सलमानका फिल्ममा सबैभन्दा कमजोर ‘किसीका भाइ किसीकी जान’ बनेको छ।
सन् २०११ मा ‘बडिगार्ड’ ले २१ करोड ६० लाख, सन् २०१२ मा ‘एक था टाइगर’ ले ३२ करोड ९३ लाख, सन् २०१४ मा ‘किक’ ले २६ करोड ४० लाख, सन् २०१५ मा ‘बजरंगी भाइजान’ ले २७ करोड २५ लाख, सन् २०१६ ‘सुल्तान’ ले ३६ करोड ५४ लाख, सन् २०१७ मा ‘ट्युबलाइट’ ले २१ करोड १५ लाख, सन् २०१८ मा ‘रेस ३’ ले २९ करोड १७ लाख र सन् २०१९ मा ‘भारत’ ले ४२ करोड ३० लाख भारू कमाएको थियो।
इदमा चार वर्षपछि सलमानको फिल्म ‘किसीका भाइ किसीकी जान’ रिलिज भएको हो। सन् २०१९ को इदमा रिलिज भएको फिल्म ‘भारत’ ले सबैभन्दा धेरै कमाएको थियो।फरहाद सम्जीले निर्देशन गरेको फिल्म ‘किसीका भाइ किसीकी जान’ मा सलमान खान, पूजा हेगडे, दग्गुबती वेंटकेश, राघव जुयाल, शहनाज गिल, पलक तिवारी, जस्सी गिल, सिद्धार्थ निगमलगायत कलाकारको अभिनय छ। फिल्मको कथा सलमानले तयार पारेका हुन्। फिल्म निर्माणमा सलमान खान फिल्म्स ब्यानरले जिस्टुडियोसँग सहकार्य गरेको छ।
#Xclusiv… SALMAN KHAN & EID: *DAY 1* BIZ…
2010: #Dabangg ₹ 14.50 cr
2011: #Bodyguard ₹ 21.60 cr
2012: #EkThaTiger ₹ 32.93 cr
2014: #Kick ₹ 26.40 cr
2015: #BajrangiBhaijaan ₹ 27.25 cr
2016: #Sultan ₹ 36.54 cr
2017: #Tubelight ₹ 21.15 cr
2018: #Race3 ₹ 29.17 cr
2019:… pic.twitter.com/LKeT1He9G3— taran adarsh (@taran_adarsh) April 22, 2023