Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक २३, २०८१
Friday, November 8, 2024

समाचार सुन्नुहोस् : 

काठमाडौँ – निर्वाचन आयोगले आइतबार तीन क्षेत्रमा हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। आयोगले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै आफूले छानेका उम्मेदवारलाई ढुक्क भएर मतदान गर्न मतदातालाई अपिल पनि गरेको छ। मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म चल्नेछ। आयोगले मतदानका दिन सम्बन्धित जिल्लामा आवागमन र सवारी साधन सञ्चालनका लागि स्थानीय प्रशासनले तोकेबमोजिम हुने गरी गर्न निर्देशन दिएको छ।

मतदानका समयमा मौसमी प्रतिकूलताबाट हुन सक्ने प्रभावको पूर्व तयारीका लागि त्रिपाल लगायतका सामग्रीको बन्दोबस्त गर्न स्थानीय प्रशासन तथा स्थानीय तहलाई आवश्यक निर्देशन दिई सकिएको जनाएको छ। निर्वाचन आयोग, निर्वाचनलाई कुनै पनि अवाञ्छित गतिविधिबाट प्रभावित हुन नदिन दृढ संकल्पित रहेको सहायक प्रवक्ता उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा भयमुक्त वातावरणमा सम्पन्न गर्ने कार्यमा सबैको सकारात्मक सहयोग र इमानदार प्रयत्न हुनेछ भन्ने विश्वास आयोगले व्यक्त गरेको छ। आइतबार तनहुँ १, चितवन २ र बारा २ मा उपनिर्वाचन हुँदैछ।

 

तपाईको प्रतिक्रिया