समाचार सुन्नुहोस् :
काठमाडौँ – हेल्ने एन्ड पार्टनर्स नामक विश्वका धनी सहरको सूची सार्वजनिक गर्ने संस्थाले यो वर्ष पनि धनी सहरहरूको सुची सार्वजनिक गरेको छ । यो करोडपतिहरू, मल्टी-मिलियनहरू र अरबपतिहरू सहित सबैभन्दा धनीहरूको घर रहेको आधारमा तयार गर्ने गरिएको छ । धनी सहरहरूको शीर्ष १० मा हाम्रो दक्षिणी छिमेकी मुलुक भारतका कुनै पनि सहर परेको छैन। तर, उत्तरी छिमेकी मुलुक चीनका भने दुई वटा सहर रहेका छन् ।
यसमा अमेरिकाको न्यु योर्क सहर पहिलो स्थानमा छ । विशेष कुरा के छ भने यो वर्ष अर्थात् सन् २० २३ को सूचीमा लन्डन मात्रै युरोपेली सहर सो सूचिको शीर्ष १० मा अटाएको छ ।अमेरिकाको न्यु योर्क सहरमा तीन लाख ४० हजार करोडपति, ७२४ मल्टी मिलियनपति र ५८ अर्बपति छन्। यो संसारको सबैभन्दा धनीहरूको सहर हो। यसमा संसारमा दुई वटा ठुला स्टक एक्सचेन्ज छन्। टोकियोमा २ लाख ९० हजार ३०० करोडपति बस्छन् । यहाँ २५० मल्टी-मिलियनपति र १४ अरबपतिहरू छन्। यो सूचीमा धनीहरूको सङ्ख्याको आधारमा टोकियो दोस्रो स्थानमा छ। विश्वका धेरै ठुला कम्पनीहरू टोकियोमा अवस्थित छन् र यसमा हिटाची, होन्डा, मित्सुबिशी, सफ्टबैंक र सोनी समावेश छन्।
दुई लाख ८५ हजार करोडपतिहरूको घर रहेको सान फ्रान्सिस्को र सिलिकन भ्याली सहर समावेश छ। यसका साथै यस सहरमा ६२९ सेन्टी करोडपतिहरू बस्छन्। विशेष कुरा यो हो कि यसले अर्बपतिको संख्यामा न्यूयोर्कलाई पनि पछाडि छोडेको छ । यहाँ अर्बपतिको संख्या ६३ छ। विश्वका धेरैजसो शीर्ष टेक कम्पनीहरू यस क्षेत्रमा अवस्थित छन्। यसमा एडप्ट, एपल, किस्को, फेसबुक (मेटा ), गुगल (अल्फावेट ), एचपी, इन्टेल, लिंकइन, लिफ्ट, नेत्फ्लिप्स, ओपनएआई , पेपाल, ट्विटर, उवर, याहू र जुम लगायत पर्छन्।
सन् २००० मा लन्डन करोडपतिको सङ्ख्यामा विश्वको शीर्ष सहर थियो तर विगत २० वर्षमा यो सूचीबाट तल झरेको छ । यद्यपि, यसका बाबजुद पनि यसमा बेल्ग्राभिया, चेल्सी, ह्याम्पस्टेड, नाइट्सब्रिज, मेफेयर, रीजेन्ट्स पार्क र सेन्ट जोन्स वुडलगायत विश्वका केही विशेष आवासीय उपनगरहरू छन्। लन्डनमा दुई लाख ५८ हजार करोडपति, ३८४ मल्टी-मिलियन र ३६ जना अरबपतिहरू छन्।बेइजिङमा १ लाख २८ हजार २०० करोडपति, ३५४ मल्टी-करोडपति र ४३ अर्बपति छन्। चीनको आधिकारिक राजधानी बेइजिङ विश्वका धेरै ठुला कम्पनीहरूको आधार पनि हो। चीनको आर्थिक राजधानीको रूपमा व्यापक रूपमा चिनिएको सांघाई सहरमा १ लाख २७ हजार २०० करोडपति, ३३२ मल्टी-मिलियन र ४० अरबपतिहरूको घर छ।