Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक २३, २०८१
Friday, November 8, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिएको छ ।पेटमा समस्या भएपछि राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारतको एम्स अस्पताल लगिएको हो ।मंगलवार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका पौडेललाई बुधवार बिहान भारत लगिएको हो ।

श्री एयरलाइन्सको चार्टर विमानमार्फत उनलाई थप उपचारका लागि भारत लगिएको छ । यसअघिदेखि नै पौडेलको फोक्सोको तल्लो भागमा पानी जमेको थियो । तर, एन्टिबायोटिकले पनि ठीक नगरेपछि थप परीक्षण र उपचारको लागि उनलाई भारत लान चिकित्सकहरूले सुझाव दिएका थिए । सोमवारमात्रै फलोअपबाट फर्किएका राष्ट्रपति पौडेल मंगलवार अचानक बेहोश भएका थिए ।

लगत्तै उनलाई शिक्षण अस्पताल लगेर भर्ना गरिए पनि बुधवार भारत लगिएको हो ।

तपाईको प्रतिक्रिया