Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक २३, २०८१
Friday, November 8, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये ९ जिल्लामा डढेलो लागेको छ । एक साता यता दैनिक रूपमा प्रदेशका विभिन्न जिल्लामा डढेलो वृृद्धि भएको देखिन्छ । वन डढेलोको पहिचान तथा अनुगमन प्रणालीका अनुसार लुम्बिनी प्रदेशको ९४ स्थानमा डढेलो लागेको छ । लुम्बिनी प्रदेशको रोल्पा, रुकुम र पश्चिम नवलपरासी बाहेक अन्य सबै जिल्लामा डढेलो लागेको जनाइएको छ ।

दाङ जिल्लामा २ स्थानमा डढेलो लागेको छ भने कपिलवस्तुमा १८, अर्घाखाँचीमा १४, बर्दिया १२ बाँकेमा ६, गुल्मीमा ४, प्युठानमा ६, पाल्पामा ४ र रुपन्देही जिल्लाको १ स्थानमा डढेलो देखिएको छ । लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयका प्रवक्ता सुरेशचन्द्र अर्यालले गत वर्ष चैत महिनाको तुलनामा अहिले १७ प्रतिशत डढेलो वृद्धि भएको अनुमान गरिएको जानकारी दिए । लुम्बिनी प्रदेशको सबैजसो चुरे क्षेत्रमा अहिले डढेलो देखिएको छ ।

नेपालमा वन विनाश र क्षयीकरण हुनुमा डढेलो प्रमुख कारण मानिन्छ । हरेक वर्ष हुँदै आएको डढेलोको प्रकोपबाट ठुलो मात्रामा प्राकृतिक तथा मानवीय क्षति हुने गरेको छ । डढेलो लाग्नुको प्रमुख कारण नै मानवीय त्रुटि भएको विज्ञहरू बताउँछन् । लुम्बिनी प्रदेशका १२ जिल्ला रहेको १४ वटा वन सब डिभिजनहरूमा अधिकृत नेतृत्वमा नियन्त्रण समूह निर्माण गरिएको छ । उक्त समूहले जिल्लामा चैतदेखि जेठसम्म हुने डढेलो नियन्त्रणका लागि काम गरेको हुन्छ ।

डडेलो नियन्त्रण गर्न प्रहरीदेखि सामुदायिक वन सदस्यसँग समेत समन्वय गरी दैनिक काम गरिरहेको लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्रालयका वन अधिकृत केशव खड्काले बताए । वन मन्त्रालयले यो वर्ष डढेलो नियन्त्रणका लागि ५२ लाख रुपैयाँ बजेट छुट्याएको जानकारी दिँदै उनले उक्त रकम पेट्रोल, पानी तथा नियन्त्रणकर्मीका लागि खाजा–खानाबापत खर्च गर्ने बताए ।

 

तपाईको प्रतिक्रिया